पाकिस्तानमा १ अर्ब डलर लगानी गर्ने साउदी अरबको घोषणा

साउदी अरेबियाले आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । 

साउदी अरबको विदेश मन्त्रालयले ट्विटरमार्फत यो घोषणा गरेको हो । साउदीका राजा सलमानको निर्देशनअनुसार उक्त लगानीको घोषणा गरिएको साउदी विदेश मन्त्रालयले जनाएको छ । 

पाकिस्तानको खस्कँदो आर्थिक अवस्थामा सुधार ल्याउन उक्त लगानी गर्न लागिएको साउदी विदेश मन्त्रालयले ट्विटरमा उल्लेख गरेको छ । 

यससम्बन्धी जानकारी बिहीबार नै पाकिस्तानका विदेशमन्त्रीलाई दिएइएको बताइएको छ । 





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार ९:५८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया