विश्व नम्बर एक सर्बियन स्टार नोभाक जोकोभिचले युएस ओपन टेनिस प्रतियोगिता गुमाउने भएका छन् । जोकोभिचले ट्टिरबाट आफूले वर्षको अन्तिम ग्राण्डस्लाम प्रतियोगिता युएस ओपनका लागि न्युयोर्क भ्रमण गर्न नसक्ने बताएका हुन् ।
युएस ओपन आगामी सोमबारबाट न्युयोर्कमा सुरु हुँदैछ । तर, जोकोभिचले कोरोनाको खोप नलगाएको कारण अमेरिका आउन अनुमति पाएका छैनन् ।
अमेरिकाले कोरोनाको खोप नलगाएका व्यक्तिलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ । खोप नलगाएकै कारण उनले अस्ट्रेलियन ओपन समेत गुमाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।