फ्रेन्च डिफेन्डर उम्टिटी इटालियन क्लबमा अनुबन्ध

इटालियन सिरी ‘ए’ क्लब युएस लिचले स्पेनिस क्लब बार्सिलोनाका फ्रेन्च डिफेन्डर स्यामुयल उम्टिटीलाई अनुबन्ध गरेको छ । उनलाई हालै सिरी ‘ए’ मा बढुवा भएको लिचले लोनमा अनुबन्ध गरेको हो । 

बार्सिलोनाले उम्टिटीलाई एक सिजनका लागि लोनमा पठाइएको जनाएको छ । उनी २०१६ मा फ्रेन्च क्लब लियोनबाट क्याप नोउ भित्रिएका थिए ।

स्पेनिस क्लबका लागि १३३ खेल खेलेका २८ वर्षीय डिफेन्डरले दुई ला लिगासहित सात उपाधि जितेका छन् । उम्टिटी  २०१८ को विश्वकप विजेता फ्रेन्च टोलीको सदस्य हुन् । 





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १०:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया