माओवादी कार्यकर्तालाई प्रचण्डले आग्रह- हर्क साम्पाङबाट प्रेरणा लिनू
फरकधार / १० भदौ, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गरेका छन् । 



धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका प्रचण्डले मेयर साम्पाङको व्यवहार र आचरणबाट प्रेरणा लिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

मेयर साम्पाङको निम्तोमा धरान पुगेका प्रचण्ड वृक्षारोपणमा सहभागी भए । वृक्षारोपण कार्यक्रममा श्रमदान गर्दै प्रचण्डले साम्पाङ धरानका लागि अवसर भएको टिप्पणी गरे ।  माओवादीले गर्ने कार्य साम्पाङले गरेको भन्दै प्रशंसा गरेका प्रचण्डले देशभरका सबै श्रमजीवी जनतालाई पनि साम्पाङबाट प्रेरणा लिन आग्रह गरे । 



आफू र आफ्नो पार्टीको साथ र समर्थन रहेको साम्पाङलाई जानकारी गराउँदै प्रचण्डले जनताको साथ र समर्थन पाइराख्न आग्रह पनि गरे । मेयर साम्पाङको आह्वानमा हरेक शुक्रबार वृक्षारोपण कार्यक्रम हुँदै आएको छ ।
 



  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १४:४१:५१,   अन्तिम अपडेट : भदौ १०, २०७९ शुक्रबार १४:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया