६ वर्षीय बालकको मृत्युपछि विराटनगरको मकालु अस्पतालमा तोडफोड

६ वर्षीय बालकको मृत्युपछि विराटनगरको मकालु एभरेष्ट अस्पतालमा तोडफोड भएको छ । विराटनगर–९ पुरानो गुद्रीका विष्णु पासवानका छोरा ६ वर्षका विराट पासवानको उपचारको क्रममा चिकित्सककाे लापरवाहीका कारण मृत्यु भएकाे आराेप लगाउँदै उनका आफन्तले ताेडफाेड गरेका हुन् ।

शुक्रबार अपराह्न मृततका आफन्त र स्थानीयले प्रदर्शन गर्दै अस्पताल परिसरमा तोडफोड गरेका हुन् । मृतक बालकको गत असार २८ गते सोही अस्पतालमा अपेन्डीसाइटिसकाे अपरेसन गरिएको थियो । उनको शल्यक्रिया अस्पतालका चिकित्सक डा. जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. अमिर अफाकले शल्यक्रिया गरेर जेठ ५ गते डिस्चार्ज गरिएको थियो । 

तर, करिब ३ महिनापछि बिहिबार अचानक बालकको स्वास्थ्य अवस्था बिग्रिएपछि मकालु अस्पताल लगिएकोमा डा. अफाकले न्यूरो अस्पतालमा रिफर गरेका थिए । बालकको न्यूरो अस्पतालमै उपचारको क्रममा शुक्रबार दिउँसो तीन बजेतिर मृत्यु भएको थियो । डा. अफाकले नै शल्यक्रिया गर्दा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतक बालकका आफन्तले अस्पताल परिसरमा तोडफोड र प्रदर्शन गरेका हुन् । 

मृतकका बाबु विष्णु पासवानले छोरा विरामी भएपछि पहिला उपचार गरेकै मकालु हस्पिटल लिएर आउँदा चिकित्सक पनि ढिलो गरी आएको र त्यतिबेलासम्म छोराले बान्ता गरिरहेको बताए । उनले सिकिस्त भएपछि छोरालाई अर्को हस्पिटलमा रिफर गरिदिएको र त्यसपछि ज्यान गएको गुनासो गरे । उनले तीन महिना अघि नै अपेन्डीसाइटिसको शल्यक्रिया राम्रोसँग नगरेर लापरवाही गरेका कारण छोराको मृत्यु भएको आरोप लगाए । उनले उपचारमा संलग्न चिकित्सकलाई कारबाही र क्षतीपूर्ती दिनुपर्ने माग गरेका छन् । 

विरामीका आफन्तहरुले बालकको उपचारमा लापरबाही गरेका चिकित्सकलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । मृतक बालकका आफन्त भरतकुमार पासवानले चिकित्सकलाई कारबाही र पिडित परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने बताएका छन् । 

मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको बताएपनि बालकको उपचारमा संलग्न चिकित्सक डा. अफाकले आफुले कुनै गल्ति नगरेको दावी गरेका छन् । उनले आफ्नो र अस्पतालका तर्फबाट कुनै पनि लापरबाही नगरिएको बताए । 



यसैबीच अस्पतालमा तोडफोड र प्रदर्शनका क्रममा एक जना घाइते भएका छन् । यसैबीच प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।



  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १८:२१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया