भारतमाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

ब्युरो अफ फुटबल काउन्सिलले एआइआइएफमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको फिफाद्वारा  जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रतिबन्ध फुकुवासँगै आगामी अक्टोबरमा तय भएको यू-१७ महिला विश्वकप पनि भारतमै आयोजना हुनेछ ‌‌।

त्यस्तै, उसले नेपालमा हुने महिला साफ च्याम्पियनसिप पनि खेल्न पाउने भएको छ । एआइएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले ३० साउनमा भारतमाथि प्रतिबन्ध लगाएकाे थियो।

 दैनिक कार्यसञ्चालनकाे जिम्मा एआइएफएको पुरानै समितिलाई दिने पक्का भएसँगै फिफाले निलम्बन फुकुवा गरेको हो ।  फिफाले आफु र एएफसीले दैनिक काम कसरी अघि बढ्छ त्यसलाई अनुगमन गर्ने पनि जनाएको छ ।

 भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न पटक पटक चेतावनी दिएको थियो । तर, फुटबल संघलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएकाे हो । 





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार ७:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया