चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्ने
फाइल तस्बिर

यस वर्ष पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्ने भएका छन् । दसैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको हो । 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व विशेष सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नै नियमित ६ वटा पसल बाटै सुपथ सेवा प्रदान गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफ्नै नियमित पसलहरू बाटै सुपथ पसल सञ्चालन गर्ने छ । 

काठमाडौं उपत्यका भित्रका चार स्थान थापाथली, सिंहदरबार, नख्खु र भक्तपुरको सूर्य विनायकबाट खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।  





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार ८:५५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया