ट्राफिक प्रहरीको सडक संघर्ष [फोटो फिचर]

सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सजिलो र रमाइलो नै लाग्छ । तर पछिल्लो समय राजधानीमा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दै छ । 

सवारी चाप, धुलो धुवाँसँगै घाम, पानी हुरी बतास, असिना र भूकम्प जस्ता विपद् समेत नभनी निरन्तर सडकमा खटिनु ट्राफिकका लागि कम चुनौतीपूर्ण भने छैन । अर्कोतर्फ ट्राफिक प्रहरीको चुनौती सार्वजनिक शौचालयको अभाव, हुरी बतास र भूकम्पको धक्का समेत टुलुटुलु हेरेर बस्नु बाहेक अर्को विकल्प हुँदैन । 

सडकमा दुर्घटना हुँदा सवारी हटाउने,बिग्रेका गाडी ठेल्ने, डिभाइडर राख्ने झिक्ने, डोरी मिलाउने, सडकमा वर्षे भेल जमेपछि ढल खोल्ने,आन्दोलनकारीले सडकमा फ्याँकेका ढुङ्गा हटाउने जस्ता धेरै काम तिनै ट्राफिक प्रहरीले गर्नुपर्ने बाध्यता छ । सडकको धुलो धुवाँका कारण कपडा चाँडै फोहोर हुन्छ । सडकमा उभिँदा दुर्घटनामा परेर कतिपय ट्राफिक घाइते समेत हुन्छन् । 

सडक नै ओगट्ने गरी ठडिएका बिजुलीका खम्बा, तलसम्म लतारिएका बिजुलीका तार, टेलिफोन र केबुलका तार । मनलागी बाटो काटिरहेका पैदल यात्री, लेन र जेब्रा क्रसिङ मेटिएका सडक चोक र ग्राभेल सडकमा उडिरहेको धुलो, त्यही बीच चोकमा उभिएर हात हल्लाइरहेका ट्राफिक प्रहरीहरू । 

हेर्दा त राम्रै लाग्छ तर समस्या भने देखेको भन्दा पनि बढी छ । आफ्नो लेन क्रस गरेर सवारी हाँकिरहेका चालकहरूका कारण पनि कतिपय ट्राफिक व्यवस्थापनमा समस्या हुने गर्छ । ट्राफिक लाइट भएका ठाउँमा पनि ट्राफिक प्रहरी अनिवार्य हुन्छन् । कतिपय ठाउँमा ट्राफिक लाइटसँगै ट्राफिकको इसारा पनि हुन्छ । 

यसले दोहोरो काम भइरहेको सहजै देख्न सकिन्छ, काठमाडौंका केही चोकहरूमा । कतिपय ठाउँमा भने ट्राफिक लाइट त हुन्छन् तर प्रयोगमा नआएका । जसका कारण पनि कहीँ समस्या बढी रहेको देख्न सकिन्छ । आधारभूत ट्राफिक चिन्ह नहुँदा ट्राफिक व्यवस्थापनमा नै चुनौती बन्ने गरेको छ । 



यो जोखिम र कष्टकर विषयमा सरकारी जागिरे ट्राफिक प्रहरीको दैनिकीबारे न्युज एजेन्सीले सङ्कलन गरेका तस्बिर आजको फोटो फिचरमा । 

 



 

  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार ९:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया