कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध उजुरी

कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

नेवा समुदायको आस्थामाथि चोट पुर्‍याएको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।

आफ्नो समुदायको अवस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै शनिबार नेवा समुदायका अभियन्ताले सिंहविरुद्ध उजुरी दिएका हुन् ।

सिंहले नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप लगाउँदै ८५ जनाले उजुरी दिएका हुन् । उजुरीमा मतियार बनेकालाई पनि कारबाही माग गरिएको छ । प्रहरीले आज शनिबार भएकाले उजुरी दर्ता नगरेको बताएको छ ।

यता, कमेडियन सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत माफीसमेत मागेका छन् । उनले आफ्नो उद्देश्य कसैलाई चोट पुर्‍याउने नरहेको बताएका छन् । 

विरोध भएपछि कमेडी क्याफेको युट्युब च्यानलमार्फत ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको उक्त भिडियो हटाइएको छ ।





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार १४:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया