बालेनजी जे गर्दै हुनुहुन्छ, गज्जब गर्दै हुनुहुन्छ : रवीन्द्र मिश्र
फाइल तस्वीर

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसा गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत  काठमाडौं उपत्यकामा नक्सा पासबिना निर्माण गरिएको संरचना हटाएकोमा मेयर बालेनको प्रशंसा गर्दै नियम कानुनको ख्याल गर्न आग्रह गरेका छन् ।

उनले पार्किङस्थलको गलत प्रयोगसँगै, सम्पदा/नदी/बाटो/सार्वजनिक जमिनको अतिक्रमण, मापदण्ड/नक्सा विपरीतका अग्ला घर सबैमा डोजर लगाउनुपर्ने पनि बताएका छन् ।

'बालेनजी, जे गर्दै हुनुहुन्छ, गज्जब गर्दै हुनुहुन्छ । नियम-कानुनको चाहिँ अलि ख्याल गर्नुहोला । अन्यथा फेरि पछि अदालतले काम रोकिदिन्छ' उनले भनेका छन्, 'पार्किङस्थलको गलत प्रयोगसँगै, सम्पदा/नदी/बाटो/सार्वजनिक जमिनको अतिक्रमण, मापदण्ड/नक्सा विपरीतका अग्ला घर सबैमा डोजर लगाउनै पर्ने छ ।'

साथै उनले नियम कानुनको ख्याल गरेर काम गर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन् 'मैले नियम-कानुनमा किन जोड दिएको भने हत्याराले हत्या गर्यो भनेर राज्यले हत्याराको हत्या गर्न मिल्दैन । चोरले चोर्यो भनेर राज्यले पनि चोर बाटो लिन मिल्दैन । तपाईं राज्य हो । नियम-कानुन तोड्नेहरू व्यक्ति हुन् । राज्यले नियम-कानुनको पालना नगर्दा नै आज देशको हबिगत यस्तो भएको हो ।'





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार १५:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया