आजदेखि देशभरका सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

आजदेखि देशभरका ७५३ वटै स्थानीय तहका सामुदायिक विद्यालय एक हप्तासम्म बन्द गरी कर्मचारी आन्दोलनमा उत्रिएका छन् । 

श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक पनि सरकारले उपलब्ध नगराएको भन्दै देशभरका सामुदायिक विद्यालयका ४० हजार कार्यालय सहयोगी र लेखापालहरू २० साउनदेखि नै आन्दोलित छन् । 

उनीहरूले आजदेखि भदौ १८ गतेसम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द गरेको नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ । 

गत आर्थिक वर्षको बजेट वक्तव्यमा विद्यालय कर्मचारीको तलब मासिक कम्तिमा १५ हजार पुर्याउने उल्लेख रहेको र त्यसका लागि केन्द्र सरकारले मासिक ८ हजार उपलब्ध गराउने तथा बाँकी रकम सम्बन्धित स्थानीय तहले व्यहोर्ने बजेटमा उल्लेख छ । 

यता, अधिकांश स्थानीय तहहरूले भने बजेट अभाव रहेको भन्दै आफ्नो भागमा पर्ने रकम उपलब्ध गराएका छैनन् । सरकारले तोकेअनुसारको पारिश्रमिक नपाएको भन्दै देशभरका झण्डै २९ हजार सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी आन्दोलित भएका छन् ।  





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ११:३४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया