पैगम्बर मुहम्मदबारे विवादास्पद टिप्पणी गर्ने भाजपा सांसद पक्राउ

भारतको दक्षिणी सहर हैदरावादमा प्रहरीले पैगम्बर मुहम्मदको बारेमा विवादास्पद टिप्पणी गरेको आरोपमा देशको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय सांसदलाई पक्राउ गरेको छ । ठाकुर राजा सिंहको टिप्पणीले ठूलो आक्रोश बढ्नुका साथै मुस्लिम समुदायबाट विरोध प्रदर्शन भएका छन् ।

दक्षिणी राज्य तेलंगानाको विधानसभामा दुई पटक विधायक बनेका सिंह प्रायः मुस्लिमविरोधी भाषणका कारण सञ्चार माध्यमको शीर्षक बनेका छन् । घृणा भाषण गरेको अभियोगमा दुई वर्षअघि फेसबुकले उनलाई प्रतिबन्ध लगाएको थियो । 

सिंहको विचार आफ्नै भएको र पार्टीको आधिकारिक धारणा विपरीत भएको जनाइएको छ । प्रहरीको प्राविधिक गल्तीका कारण अदालतले धरौटीमा रिहा गर्नुअघि सिंहलाई मंगलबारबार बिहान पक्राउ गरि केही समयपछि छोडिएको थियो । 

प्रहरीले प्रदर्शनकारीलाई शान्त हुन अपिल गर्दै उनीहरूलाई पुनः पक्राउ गर्न लागेको बतायो । तर, प्रदर्शन जारी रह्यो । बुधबार अबेर राति ठूलो संख्यामा मुस्लिमहरू सहरका विभिन्न भागमा भेला भएर नाराबाजी गर्दै ढुङ्गा हानेर सिंहको पुत्ला जलाए ।





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १३:६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया