नेप्से ३३.३६ अंकले घट्दा यी पाँच कम्पनीको सेयरमूल्य बढ्यो
फाइल तस्वीर

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ३३.३६ अंकले घटेर २ हजार बिन्दुभन्दा तल १९८९.२६ बिन्दुमा झरेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४३ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ । फाइनान्स र हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ ।

नेप्से परिसूचक गिरावट आए पनि पाँचवटा कम्पनीको मात्रै सेयरमूल्य केही बढेको छ । जसमा राधि विद्युत‍्को सेयरमूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको १.९८ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.३४ प्रतिशत, युनिलिभरको ०.४१ प्रतिशत र सबैको लघुवित्तको ०.२२ प्रतिशतले बढेको छ । 

यता रुरु जलविद्युत‍्को सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । आइतबार अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १६:१९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया