नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको हो ।
बितेको चौबिस घण्टामा नेपालमा २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।
हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।