प्रचण्डको चुनावी कमाण्डरको जिम्मेवारी रेनुलाई

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी कमाण्डर तोकेको छ । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाललाई कमाण्डर तोकेको हो । 

केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने क्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर बनाएको माओवादी केन्द्र चितवनले जनाएको छ । बैठकले सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाएको छ । 

प्रचण्डको चुनावी क्षेत्र चितवन क्षेत्र नम्बर ३ हो । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रमा खटाएको हो । 

माओवादीले अरु केन्द्रीय सदस्यलाई समेत प्रदेशका १३ जिल्लामा कमाण्डर बनाएर खटाएको छ ।





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १९:८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया