सत्ता गठबन्धनको कार्यदल बैठक विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो ।
यसअघिको बैठकमा प्रतिनिधिसभातर्फ कांग्रेसले १००, माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी गरेका थिए ।
यस्तै गठबन्धनमा प्रतिनिधिसभाका साथै प्रदेशसभाको सिट फाँडफाँटबारे पनि छलफल सुरु भएको छ । तर, ठोस सहमति बनेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।