स्पेनिस ला लिगमा साविक विजेता रियल मड्रिडले लगातार तेस्रो जित निकालेकाे छ । उसले गएरातिकाे खेलमा घरेलु टाेली स्पान्याेललाई ३–१ ले हराउँदै लगातर तेस्रो जित निकालेको हाे ।
कार्नेला एल पर्टमा खेलकाे १२ औं मिनेटमा भिनिसियस जुनियरले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा जाेसेलुले स्पान्याेललाई १–१ को बराबरीमा ल्याए । ८८ औं मिनेटमा करिम बेन्जेमाले पाहुना टाेलीलाई २–१ ले अघि बढाए ।
थप गरिएकाे समयमा बेन्जामिन लाेकाेम्टेले राताे कार्ड बेहाेर्दै मैदान छाडेपछि स्पान्याेल १० खेलाडीमा समेटिएकाे थियाे । थप गरिएकै समयमा बेन्जेमाले व्यक्तिगत दोस्रो गाेल गर्दै रियललाई ३–१ को जित दिलाए ।
याे जितसँगै आफ्नो विजयी यात्रालाई कायम राखेकाे रियल तीन खेलमा ९ अंक जाेड्दै शीर्ष स्थानमा उक्लिँदा पराजित स्पान्याेल समान खेलबाट एक अंकका साथ १६ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।