फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बराबरीले खेलेको छ । उसले घरेलु मैदानमा मोनाकोसँग १–१ को बराबरी खेलेको हो ।
पार्क डेस प्रिन्सेसमा खेलको सुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको २० औं मिनेटमा केभिन भोलान्डको गोलमार्फत मोनाकोले अग्रता लियो ।
७० औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।
मोनाकोका डिफेन्डर गुइलेर्मो मारिपानले पेनाल्टी क्षेत्रमा नेयमारलाई नै फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पिएसजीलाई पेनाल्टीको अवसर प्रदान गरेका थिए । त्यसमा उनी चुकेनन् ।
यो नतिजासँगै चार खेलमा १० अंक जोडेको पिएसजी शीर्ष स्थानमा रहँदा मोनाको समान खेलबाट पाँच अंकका साथ १२ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।