अलग्गिँदै सोहेल खान र सीमा सजदेह
फरकधार / १३ भदौ, २०७९

बलिउड अभिनेता सोहेल खान र उनकी पत्नी सीमा सजदेह अलग्गिने भएका छन् । विवाहको २४ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन् । सीमा फेसन डिजाइनर हुन् । सोहेलसँग अलग्गिने विषयमा उनले पहिलोपटक मुख खोलेकी छन् ।



सोहेल र सीमाको पहिलो भेट सन् १९९८ मा फिल्म ‘प्यार किया तो डरना क्या’ को सेटमा भएको थियो । यसपछि दुवैले भागेर विवाह गरेका थिए । उनीहरूको निर्वाण र योहान नामका दुई छोरा छन् ।

डिभोर्सको निवेदन दिनुअघि दुवैजना केही समयदेखि अलग्ग बस्थे । ‘मलाई जीवनमा अझै अगाडि बढ्नु थियो । त्यसकारण यो निर्णय लिएकी हुँ ।  मेरो भाइ र बहिनी सबैलाई मेरो निर्णयबारे थाहा छ’, उनले भनेकी छन् ।



आफ्नो परिवारले आफ्नो कुरालाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने उनको बुझाई छ । उनले आफूले धेरै नकारात्मक कुरा छोडेको जनाउँदै आफू जीवनको चिन्ता नगर्ने स्थानमा पुगिसकेको दाबी गरेकी छन् ।



उनले सामाजिक सञ्जालमा पनि आफ्नो नाम परिवर्तन गरेकी छन् । उनले सीमा किरण सजदेहा लेखेकी छन् ।

  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार १०:१८:३३,   अन्तिम अपडेट : भदौ १३, २०७९ साेमबार १०:२०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया