टी–२० वरीयतामा नेपालको स्थान घट्यो
फाइल तस्बिर

नेपालको टी–२० अन्तराष्ट्रिय वरीयता घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान घटेर १५ औँ स्थानमा पुगेको छ । 

नयाँ वरीयतामा नेपालले १८२ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–२० सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।

सन् २०२४ को टी–२० विश्वकपमा वरीयताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् । टी–२० को नयाँ वरीयतामा २७१ रेटिङ प्वाइन्टका साथ भारत शीर्ष स्थानमा छ ।

इंग्ल्याण्ड,पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्याण्ड अस्ट्रेलिया, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रमशः दोस्रो देखि १० औँ स्थानमा छन् । एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा छ । 





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार ११:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया