काभ्रेको पनौतीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् ।  

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपास्थित शीर मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।  

पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोकिएको प्रहरी चौकी पनौतीले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार ११:४१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया