साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । पछिल्लो समय निरन्तर रूपमा शेयर बजारमा उतारचढाव आइरहेको छ ।
आइतबार ३३ अंकले गिरावट आएको नेप्से सोमवार ३.७६ अंकले वृद्धि भएर १९९३.०२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले बढेको छ ।
सोमवार कारोबारमा आएका २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ कारोबार भएको छ । आइतबारको तुलनामा सोमवार कारोबार रकम भने गिरावट आएको छ । सोमवार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूह मध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक छ भने चार उपसमूहको परिसूचक नकारात्मक रहेको छ । जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको १.८९ प्रतिशत र होटल एण्ड टुरिजम उपसमूहको १.३२ अंकले बढेको छ । म्युचुअल फण्डको भने सबै भन्दा बढी १.१२ प्रतिशतले घटेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।