अवहेलना मुद्दामा बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ
फाइल तस्बिर

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्की इजलासले अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

नर्भिक अस्पतालको संरचना भत्काउने महानगरपालिकाको निर्णयमा सर्वोच्च अदालतले दिएको अल्पकानीन आदेशप्रति बालेनको असन्तुष्टि राख्दै ‘नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिइयोस्’ भन्दै प्रतिक्रिया जनाएका थिए ।

सोही विषयमा मेयर शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा अदालतको अवहेलनाअन्तर्गत मेयर शाहलाई कारबाही गर्न माग गर्दै निवेदन दिएका थिए ।





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार १६:३४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया