नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताएका छन् ।
माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा नाजुक अवस्था रहे पनि अन्यत्र राम्रो रहेको दाबी गरेका हुन् ।
तराई मधेसमा पार्टी र जनतालाई युनिफाइड गर्न सके माओवादीको पक्षमा जनमत आउने दाबी गरेका प्रचण्डले पहाडमा निकै राम्रो रहेको बताए ।
बागमती प्रदेशमा पनि राम्रो रहे पनि काठमाडौं उपत्यकामा भने निकै नाजुक रहेको प्रचण्डले बताए । बागमतीमा कम्युनिस्ट आन्दोलनमा माओवादी पहिलो नम्बर र एमाले तेस्रो नम्बरमा रहेको बताउँदै प्रचण्डले माओवादीभन्दा अलिकति बढी बागमतीमा कांग्रेसको राम्रो रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।