\
सशस्त्र प्रहरीले अवैध मदिरासहित लागुऔषध बरामद गरेको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ बाट २०० लिटर अवैध मदिरा र राजगढ गाउँपालिका वडा नम्बर २ बाट १०६ प्याकेट राजनिवास नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कडरबोनाबाट खटिएको टोलीले गाईघाट कदमाहा सडक खण्डअन्तरर्गत सुरुङ्गा नगरपालिका वडा नम्बर ५ स्थित एक घरमा शङ्का लागेर चेक जाँच गर्दा अवैध मदिरा नियन्त्रणमा लिएका हुन् ।
स्थानीय वडाध्यक्ष दिलाराम चौधरीसहित भद्रभलादमी, बुद्धिजीवीलगायतको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका गणपति प्रदीप खड्काले जानकारी दिएको छ ।
यस्तै सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ स्थित बनैनिया बाट लगभग २५ हजार मूल्य बराबरको अवैध राजनिवास बरामद गरेको छ । बिओपी बनैनियाँका सशस्त्र प्रहरी निरीक्षक तुलसी राम कार्कीको कमान्डमा खटिएको टोलीले सो अवैध राजनिवास बरामद गरिएको जनाएको छ ।
भारतबाट अवैध रूपमा नेपालतर्फ भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा १०६ प्याकेट राजनिवास बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएका अवैध समानलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको तथा तस्करको खोजी कार्य तीव्र रूपमा भइरहेको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।