नागरिकता विधेयकमा दलहरुबीच साझा धारणा बनाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा दलहरुबीच साझा धारणा बनाउन आग्रह  गरेकी छिन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुसँग छलफलमा उनले सो आग्रह गरेकी हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच नागरिकतासम्बन्धी विधेयक, आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीलगायत समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए।

भेटमा प्रधानमन्त्री देउवाले सरकारले अघि बढाएको नागरिकता विधेयकका सम्बन्धमा र निर्वाचनको तयारीका बारेमा जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले नागरिक विधेयकमा साझा धारणा बनाउन आग्रह गरेकी थिइन् । 

भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

राष्ट्रपति भण्डारीले आजै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का शीर्ष नेताहरूसँग पनि सोही विषयमा छलफल गरेकी थिइन् । 





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार २२:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया