पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु

पाकिस्तानमा डुंगा पल्टिदा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् ।  

उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उद्धारकर्ताले सात जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएकाको खोजी भइरहेछ ।

यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ । 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार ६:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया