रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकैपटक तीन महिलाको मृत्यु भएको छ ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका–३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीनजनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेमा मलाही गाउँकै ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषाकुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रूपेशकुमार सिंहले बताएका छन ।
मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिए । चट्याङ लागेर एउटै गाउँको एकैपटक तीनजनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ ।
खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० की सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।