सुनको मूल्य बढ्यो, चाँदी स्थिर

सुनको भाउमा सामान्य वृद्धि भएको छ । तीजको दिन मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि, सोमबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो । 

मंगलबार चाँदीको भाउ भने स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १३:३६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया