रणवीर सिंहले दिए साढे २ घण्टा बयान
फरकधार / १४ भदौ, २०७९

बलिउड अभिनेता रणवीर सिंहले केही समयअघि एक न्यूड फोटोसुट गराएर सनसनी मच्चाएका थिए । उनको फोटोसुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यद्यपि यो फोटोसुटले उनी कानुनी समस्यामा परेका छन् ।



यो फोटोसुटका लागि रणवीरविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको थियो । यो विषयमा प्रहरीले रणवीरलाई सोधपुछका लागि बोलाए पनि उनले केही समय मागेका थिए । हाल आएर भने प्रहरीले उनीमाथि सोधपुछ गरेको छ ।

न्यूड फोटोसुटको मामलामा अभिनेता रणवीरले मुम्बईको चेम्बर पुलिस स्टेसनमा बयान दिएका छन् । रणवीर सोमबार बिहान ७ बजे त्यहाँ पुगेका थिए । जहाँ अनुसन्धान अधिकारीहरुले उनको बयान लिएका थिए । उनी साढे ९ बजे प्रहरी चौकीबाट निस्किएका थिए । अधिकारीहरुले आवश्यक परेमा रणवीरलाई बोलाइने जनाएका छन् ।



रणवीरको न्यूड फोटोसुटका मामलामा एक एनजीओले गत महिना चेम्बर पुलिस स्टेसनमा एफआईआर दर्ता गराएको थियो । 



  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १४:७:२९,   अन्तिम अपडेट : भदौ १४, २०७९ मंगलबार १४:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया