देशले विद्युत‍्को क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको छ : मन्त्री भुसाल

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् निर्यातले देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान रहने बताएकी छन् । 

मंगलबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । मन्त्री भुसालले देशले विद्युत‍्को क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताए । 

उनले मुलुकभित्रकै जलस्रोतबाट विद्युत् उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्त्वपूर्ण काम भएको बताइन् । मन्त्री भुसालले यातायात सञ्चालनका लागि विदेशबाट डलर खर्च गरेर करिब ३ खर्बको डिजेल र पेट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत् खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन् । 

उनले पछिल्लो एक वर्षमा विद्युत् खपत २२ प्रतिशतले बढे पनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताए । उनले रूस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा संकट भएको बताइन् । 

मन्त्री भुसालले विश्वका धेरै देशहरूलाई डिजेल र पेट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा डिजेल र पेट्रोलको विकल्प विद्युतबाट परिपूर्ति गर्नुपर्ने बताइन् । उनले विद्युत् खपत बढाउने तथा बढी भएको विद्युत् निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्ने बताए ।

मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्रका लागि सञ्चार माध्यमले जलविद्युतको विकासमा जोड दिनुपर्ने बताइन् । उनले पछिल्लो समय मुलुकमा विद्युतीय सवारीसाधनको माग अत्यधिक रहेको बताइन् ।





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १५:३०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया