सरकारले मदिरासहित चार प्रकारका वस्तु आयात प्रतिबन्ध २८ असोजसम्म लम्ब्यायो
फाइल तस्वीर

सरकारले विभिन्न १० मध्ये चार प्रकारका वस्तु आयात प्रतिबन्धलाई लम्ब्याएको छ । राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले चार प्रकारका वस्तु आयात २८ असोजसम्मलाई लम्ब्याएको हो । 

अब जिप, कार भ्यानलगायत सवारीसाधन, १५० सिसीभन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोन र तयारी मदिराको आयात २८ असोजसम्म प्रतिबन्ध हुनेछ । 

सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि चार महिनाअघि १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरू, हिरा, रंगिन टिभी, खेलौना, तासजस्ता वस्तुको आयात भने खुलाइएको छ ।

 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १८:४७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया