पछिल्लो २४ घण्टामा विपद्का ११ घटना, ४ जनाको मृत्यु
फाइल तस्बिर

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुँदा ४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा चार जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्। 

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चट्याङ, पहिरो, आगलागी, जनावरको आक्रमण र सिलिन्डर विस्फोटको घटना जस्ता कार्य बितेका २४ घण्टामा घटेका हुन् । यी सबै ११ घटनाबाट मानविय साथै थप ३७ लाख एक हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार ७:२८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया