अग्रता जोगाउन नसक्दा साउथह्यामटनसँग चेल्सी पराजित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा चेल्सी पराजित भएको छ । ऊ घरेलु टाेली साउथह्याम्पटनसँग २–१ ले पराजित भएकाे हो । सेन्ट मेरिज स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सी स्तब्ध हुन पुग्याे ।

खेलको २३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा रोमियाे लाभिया साउथह्याम्पटनलाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलाे हाफकाे थप गरिएकाे समयमा एडम आर्मस्ट्रङले गरेकाे गाेल निर्णायक बन्दा घरेलु टाेलीले २–१ काे राेमाञ्चक जित निकाल्याे । याे जितसँगै ५ खेलमा ७ अंकका साथ साउथह्यामटन साताैँ स्थानमा छ पराजित चेल्सी पनि समान खेलबाट ७ अंक नै जाेडेर आठाैँ स्थानमा छ । 

लिगअन्तर्गतकै अन्य खेलमा फुलहमले ब्राइटनलाई २–१ ले पराजित गर्दा क्रिस्टल प्यालेसले ब्रेन्टफार्ड तथा लिड्स युनाइटेडले एभर्टनसँग समान १–१ को बराबरी खेलेका छन् ।





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार ७:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया