सिफारिस समितिको बैठकमा जवाफ दिँदै जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज महाभियोग अध्ययन गर्न गठित सिफारिस समितिमा जवाफ दिने भएका छन् । सिफारिस समितिले छलफलका लागि जबरालाई बोलाएको हो । बिहान ११ बजे बस्ने बैठकमा उपस्थित हुन समितिले जबरालाई पत्राचार गरेको हो । 

गत फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको २२ दिनपछि प्रतिनिधि सभाको बैठकले महाअभियोग प्रस्ताव सम्बन्धमा छानबिन गर्न सिफारिस समिति गठन गरेको थियो । त्यही समितिले आफ्नो धारणा राख्न जबरालाई बोलाएको हो । 

समितिले जबराले पेस गरेको सफाइ चित्तबुझ्दो नभएमा वा अनुपस्थित भए पनि आफ्नो सिफारिससहितको प्रतिवेदन प्रतिनिधि सभामा बुझाउनुपर्ने व्यवस्था नियमावलीमा छ । समितिले आउँदो सोमबारसम्ममा सबै काम सकेर सिफारिससहितको प्रतिवेदन संसद्मा बुझाउने योजना बनाएको छ ।  





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार ९:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया