आन्तरिक पर्यटन प्रबर्द्धन र भाइचाराको सम्बन्ध विस्तार गर्न बाइक यात्रा

रोयल इफिल्ड बुलेट बाइक प्रयोग गर्ने युवाहरूले आन्तरिक पर्यटन प्रबर्द्धन र भाइचाराको सम्बन्ध विस्तार गर्न दुई दिने बाइक यात्रा गर्ने भएको छ । टोलीले आउँदो शुक्रबार र शनिबार काठमाडौंको स्वयम्भूदेखि मकवानपुरको टिस्टुङ, मार्खु हुँदै दक्षिणकालीको रुटमा यात्रा गर्ने भएको हो ।

स्वयम्भूमा रहेको प्रोबुलेट सर्भिस सेन्टरको आयोजनामा बाइक यात्रा तय गरिएको छ । काठमाडौंदेखि टिस्टुङसम्म ४५ किलोमिटर यात्रा गरिने छ । ‘यो राइडमा करिब ३० वटा रोयल इन्फिल्ड बुलेट बाइकहरू रहने छन् । रोयल इफिल्ड बुलेट बाइक गरिरहेका साथीभाइहरू मिलेर आन्तरिक पर्यटन प्रबद्र्धन र भाइचाराको सम्बन्ध विस्तार भन्ने उद्देश्यका साथ यो यात्रा तय गरिएको छ,’ राइड क्याप्टेन प्रकाश गिरीले भने । 

उनले अगाडि थपे, ‘यात्रा शुक्रबार विहान ९ बजे स्वयम्भूस्थित प्रोबुलेट सर्भिस सेन्टरमा ब्रेकफास्ट गरेर अगाडि बढ्ने छ । हामी जाँदा नौविसेको बाटो भएर जान्छौ । नौविसेमा लन्च गर्छौँ । बाटोमा रहेका मन्दिर, गुफा, झर्नालगायतका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्छौँ । साँझको बास टिस्टुङमा हुन्छ । दोस्रो दिन (शनिबार) मार्खु, कुलेखानीको यात्रा गर्छौँ । कुलेखानीमा बोटिङ गर्ने कार्यक्रम छ ।’  

सर्भिस सेन्टरको राइडरको छनोट अनुसार यसपटक काठमाडौंदेखि टिस्टुङसम्मको यात्रा तय गरिएको प्रोबुलेट सर्भिस सेन्टरका सञ्चालक सुमित बखाती बताउँछन् ।

‘उपत्यकामा उपलब्ध साथीभाइहरूले मिलेर हामीले २ दिने छोटो तर महत्वपुर्ण यात्रा तय गर्न खोजेका छौँ । यात्राका क्रममा हामीले बाटोमा पर्ने महत्वपूर्ण ऐतिहासिक, पर्यटकीय तथा धार्मिकस्थल एक्स्पोलोर गछौँ,’ बखातीले भने, ‘हामी विभिन्न सयमा लामो तथा छोटो दूरीका यात्रा गरिरहेका हुन्छौँ । विगतमा हामी भोटेकोशी, सुकेटे तथा मुस्ताङसम्म पुगेका छौँ ।’





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार ९:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया