बुंगलका नगरप्रमुख धामीमाथि ‘साइबर आक्रमण’
मेयर जयबहादुर धामी

बझाङको बुंगल नगरपालिका प्रमुख जयबहादुर धामीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा ‘भ्रमपूर्ण’ सूचना प्रवाह गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘नमस्ते बुंगल’ नामक ग्रुपबाट नगरप्रमुख धामीको बारेमा ‘कमिसन’ मागेको भन्दै भ्रमपूर्ण सूचना प्रवाह भएको हो ।

उक्त विषयमा बुधबार नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेर खण्डन गरेको छ । सामाजिक सञ्जालमा लेखिएको कुरा झुटो र कपोकल्पित भएको विज्ञप्तिमा उल्लेख छ । 

‘बुंगल नगरपालिकालाई बदनियत हुने किसिमले सामाजिक सञ्जाल नमस्ते बुंगल नामक फेसबुक पेजबाट यस नगरपालिकाका नगर प्रमुख, पूर्व नगर प्रमुख र पूर्व राज्य मन्त्री नरेशबहादुर सिंह ज्यु लाई व्यक्तिगत तथा राजनीतिक रूपमा आँच आउने किसिमले लगाइएको झुटो आरोप प्रचार प्रसार गरिएकोमा बुंगल नगरपालिका परिवार खेद प्रकट गर्दछ,’विज्ञप्तिमा भनिएको छ ।

भ्रममा नपर्न आग्रह गर्दै नगरपालिकाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही अगाडि बढाइने पनि जनाएको छ । 

नगरपालिका प्रमुख धामीले प्रयोग गर्ने गाडी हिलोमा फसेको भनेर बिहीबार अर्को पनि भ्रमपूर्ण सूचना सामाजिक सञ्जालमा राखिएको छ । पारस भण्डारी नामक फेसबुक प्रयोगकर्ताले उक्त सामग्री फेसबुकमा राखेका हुन् । 

प्रमुख धामीले भने हिलोमा भएको उक्त गाडी बुंगल नगरपालिकाको नभएको बताएका छन् । 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार ११:३७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया