एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको छ ।
उनलाई पार्टीले नै मन्त्री पदबाट हटाउन भनेपछि हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए ।
चौधरी २५ चैत २०७८ मा मन्त्रीमा नियुक्त भएका थिए । पार्टीको नीति विपरित कार्य गरेको भन्दै हटाएको हुन सक्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रावलको भनाइ छ ।
समाचार स्रोतका अनुसार कुलवीर आजै कञ्चनपुरमा हुने कार्यक्रममा नेकपा एमालेमा प्रवेश गर्दै छन् । पार्टी प्रवेश गराउन एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर पुगिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।