नेपाल सम्पत्ति शुद्धीकरणको कालो सूचीमा परे गम्भीर समस्या आउँछ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरण (वित्तीय अपराध)सम्बन्धी जोखिम अन्तर्राष्ट्रिय मुलुकलाई देखाउनेभन्दा पनि आन्तरिक रूपमा सुधार गर्नुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले मुलुकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम धेरै रहेकाले सरकारले नियन्त्रण गर्न जरुरी रहेको बताए । 

गभर्नर अधिकारीले सम्पत्ति शुद्धीकरणको समस्या क्षणिक नभएर दीर्घकालीन रूपमा सरकारले निराकरण गर्नुपर्ने बताए । उनले सम्पत्ति शुद्धीकरणमा अन्तर्राष्ट्रिय रूपमा कालोसूचीमा पर्दा गम्भीर समस्या आउनसक्ने बताए । 

उनले सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासको बैंक खाता खोल्न नाम चलेका अमेरिकी बैंकहरूले अस्वीकार गरेको स्मरण गरे । 

गभर्नर अधिकारीले अन्तराष्ट्रिय मुलुकहरूसँग सहकार्य र समन्वयन गर्नका लागि सम्पत्ति शुद्धीकरणमा नेपालले आफ्नो सम्पूर्ण तयारी पूरा गर्नुपर्ने बताए । 

उनले नेपाल भ्रष्टाचारले गाँजेको र अवैध कमाई गर्नेहरूको सेयर भ्वाइसमाथि हुने गरेको भन्दै नेपाल सम्पत्ति शुद्धीकरणमा कमजोर रहेको बताए । 



गभर्नर अधिकारीले नेपाल भ्रष्टाचार र हुण्डी कारोबारको जोखिममा रहेको बताए । उनले यसले गर्दा अन्तर्राष्ट्रिय मूल्यांकनमा कम नम्बर आए पनि सरकारी पक्षले राम्रो काम गरिरहेको बताए । 

गभर्नर अधिकारीले राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरणको विषयमा निजी क्षेत्रसँग पनि नजिकमा रहेर काम गर्न चाहेको बताए । उनले निजी क्षेत्रले बनाएरको प्लेटफर्म प्रयोग गरेर सबैलाई हुने साझा धारणा बनाउन नसकिएको बताए । 



गभर्नर अधिकारीले राष्ट्रिय परिचय पत्रको अवधारणले सम्पत्ति शुद्धीकरणको काम गर्न अझ सजिलो हुने देखिएको बताए । उनले डिजिटल कारोबारमा कोभिड अगाडि र पछाडि आकाश जमिनको फरक देखिएको बताए । 

गभर्नर अधिकारीले असार एक महिनामा ४२ लाखवटा कारोबारमा १५ अर्बको बराबरको क्युआर कोडमार्फत मात्रै कारोबार भएको बताए । उनले कनेक्ट आइपिएस, आइपिएस डिजिटल पेमेन्ट, वालेट र मोबाइल बैंकिङको कारोबार व्यापक भएको बताए । 

गभर्नर अधिकारीले गत कात्तिक महिनाको १ गते ७ सय २८ अर्बको कारोबार रहेकोमा त्यो कारोबार ६ सय १० अर्ब मात्रै रहेको बताए । उनले कात्तिकदेखि भदौसम्ममा १२८ अर्ब क्यास कारोबार घटेको बताए । 

उनले क्युआर, मोबाइल बैंकिङ कारोबार बढ्नु डिजिटलाइजेसनको प्रभाव भएको बताए । गभर्नर अधिकारीले नेपालले डिजिटल कारोबारमा ठूलो फड्को मारेको बताए । उनले डिजिटल कारोबारमा ठूलो फड्को मारे पनि जोखिम ने धेरै रहेको स्वीकार गरे ।

  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १८:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया