‘प्रदीप गिरि एउटा पार्टी, देशमा अटाउने मान्छे होइनन्’

पूर्वसभामुख दमननाथ ढुंगानाले अहिले सबैले वास्तविक प्रदीप गिरि खोजिरहेको बताएका छन् । बुधबार स्वर्गीय गिरिको स्मृतिसभामा बोल्दै पूर्वसभामुख ढुंगानाले गिरिको भौतिक शरीर नभए पनि उनले विचार छाडेर गएको भन्दै सम्झिए । 

गिरिले स्वतन्त्रताका लागि निरन्तर लडेको बताउँदै उनले आफ्नो स्वतन्त्रता सरकार, पार्टी कसैलाई पनि नदिएर आफैँले लिएर गएको बताए । प्रदीप गिरि एउटा पार्टी, देशमा अटाउने मान्छे नभएको भन्दै गिरि विचारको भने धनी भएको बताए । 

त्यस्तै, मानव अधिकारवादी कपिल श्रेष्ठले प्रदीप गिरिको मृत्युले बौद्धिक, सैद्धान्तिक र राजनीतिक चिन्तलशील जगतले शून्यता महसुस गरेको बताए । नेपालमा बौद्धिक चिन्तन गर्ने मानिसहरुको सधैँ खडेरी रहेको बताउँदै श्रेष्ठले गिरि अरु राजनीतिज्ञभन्दा फरक जीवन शैलीमा रमाउने नेता भएको बताए । 

त्यस्तै, नेकपा एमालेका नेता रघुजी पन्तले गिरिलाई ०४६ सालतिर एकथरी कांग्रेसले कांग्रेस भनेर नै मान्ने नगरेको स्मरण गरे । गिरि लेनिनलाई मन पराउने मान्छे भएको उनको भनाइ थियो । स्व. गिरि नयाँ नेताभन्दा फरक व्यवहार र शैलीको नेता रहेको उनले बताए । 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १८:५३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया