चुनाव नलड्ने विमलेन्द्र निधिको संकेत

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले निर्वाचन नलड्ने संकेत दिएका छन् । 

बुधबार जनाकपुरधाममा आयोजित क्षेत्रीय कार्यक्रता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नलड्ने संकेत दिएका हुन् । 

उनले आफू चुनाव नलड्ने बताए पनि समानुपातिक सांसदको रूपमा संसदमा प्रवेश गर्न सक्ने भने जिकिर गरेका छन् । उनले भने, ‘समानुपातिक सांसद भए पनि अनाथ नबुझन धनुषा क्षेत्र नं. ३ का नेता कार्यक्रतालाई आग्रह गर्दछु ।’

काठमाडौंमा मात्र नभई मधेसका कुनै पनि जिल्लाको क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको कुनै पनि क्षेत्रबाट चुनाव लड्न तयार रहेको नेता निधिको भनाइ थियो । 

उनले प्रदेश सांसदमा रामसरोज यादव सबैभन्दा अनुभवी रहेकाले आफूले यादवलाई प्रतिनिधिसभा सदस्यको अभिभारा उठाउन भनेको बताए । नेता निधिले क्षेत्रबाट हुने सिफारिसमा विलम्व नगर्न नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन् । 

कार्यक्रममा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, नेताहरू स्मृति नारायण चौधरी, रामसरोज यादवलगायतको उपस्थिति रहेको थियो ।





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार २०:६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया