राणासँग आज पनि बयान लिँदै महाभियोग सिफारिस समिति

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान आज पनि हुँदैछ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले राणाको बयान लिइरहेको हो । 

बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर, बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए । 

समितिले राणालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो । तर, बुधबार उनले चारवटा प्रश्नको मात्र जवाफ दिएका छन् । बयानका क्रममा राणाले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए । 

उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए । बुधबार राणाले चार घण्टा बयान दिएका थिए ।





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार ७:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया