अमेरिकाको न्युयोर्कका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध
सांकेतिक तस्विर

अमेरिकाको न्युयोर्कका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको छ । प्रसिद्ध टाइम्स स्क्वायर, न्यूयोर्क सहर र राज्यका अन्य सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् । 

न्युयोर्कको व्यवस्थापिकाले यस वर्षको सुरुमा संवेदनशील स्थानहरूमा बन्दुक राख्ने प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो र यो कानुन बिहीबारदेखि लागु भएको छ । कानुन पारित भएसँगै बार, पुस्तकालय, विद्यालय, सरकारी भवन र अस्पताललगायतका स्थानमा हतियार बोक्न निषेध गरिएको छ । प्रतिबन्धहरू कानुन प्रवर्तन अधिकारीहरूमा भने लागू हुने छैन ।

बन्दुकसँग सम्बन्धित आक्रमणका कारण अमेरिका वर्षेनी दर्जनौँ मानिसको मृत्यु हुने गरेको छ । बन्दुकको पहुँचमा कडाइ नहुँदा बन्दुकजन्य हिंसाका घटनामा वृद्धि भएको विज्ञहरूले बताउँदै आएका छन् । 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार ७:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया