नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
युरो एकको खरिद दर १२६ रुपैयाँ ५४ पैसा र बिक्री दर १२७ रुपैयाँ १४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ३६ पैसा र बिक्री दर १४८ रुपैयाँ ०५ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५२ पैसा र बिक्री दर ३४ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।