सिरी ‘ए’ मा युभेन्टस विजयी

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा युभेन्टस विजयी भएको छ । ऊ स्पेजियाविरूद्व २-० ले विजयी भएकाे हाे । घरेलु मैदान एलियन्ज एरिनामा युभेन्टसलाई जित दिलाउन डुसन भाल्हाेभिच र आर्केडियस मिलिकले १/१ गाेल गरे ।

खेलकाे नवाैं मिनेटमा भाल्हाेभिचकाे गाेफमार्फत युभेन्टसले अग्रता लिएकाे थियाे । थप गरिएकाे समयमा मिलिकले गाेल गर्दै घरेलु टाेलीलाई २-० काे जित दिलाए ।

 याे जितसँगै ४ खेलमा ८ अंक जाेडेकाे युभेन्टस चाैथाे स्थानमा रहँदा पराजित स्पेजिया समान खेलबाट ४ अंकका साथ १३ औँ स्थानमा छ । 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार ८:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया