निलम्बित प्रधानन्यायाधीश जबराको बयान जारी

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान जारी छ । सिंहदरबारमा महाअभियोग सिफारिस समिति बैठकमा उनको बयान सुरु भएको हो । 

बुधबारबाट सुरु गरिएको उनको बयान बिहीबार पनि जारी रहेको हो । समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये बुधबार दुईवटा प्रश्न सोधिएको थियो । 

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरूले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो । बुधबारको बयानमा उनले महाभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए । 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १२:४४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया