सकियाे दाेस्राे दिनकाे निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रकाे बयान

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान अचानक रोकिएको छ । उनको बयान आज दोस्रो दिन सिंहदरबारमा जारी थियो । 

तर, यो अचानक रोकिएको छ । 

महाअभियोग सिफारिस समितिको बैठकमा उनको बयान आज जारी हुँदाहुँदै रोकिएको हो । 

बुधबार सुरु भएको उनको बयानका लागि ४३ वटा प्रश्न तयार पारिएको थियो । तीमध्ये बुधबार ४ वटामात्र प्रश्न सोधिएको थियो । आज पनि उनीसँग दुई प्रश्नभन्दा बढी सोधिएन ।

१ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

अर्को बैठक १९ भदौमा बस्ने तय भएको समितिका एक सदस्यले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १३:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया