विराटनगरमा घरमा राखेको सुमो चोरी गरेर भाग्दै गर्दा सुमोसहित चोरीमा संलग्न व्यक्ति दुर्घटनामा परेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर–३ भट्टा चोकका चन्द्र अधिकारीको को १ च ९४६७ नम्बरको टाटा सुमो भ्यान चोरी गरेर भाग्दै गरेको अवस्थामा विराटनगर–२ तीनपैनी चोक नजिकै दुर्घटनामा परेको हो ।
उक्त सुमो मेरिल्याण्ड कलेजको बससँग ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार दुर्घटना हुँदा दुवै सवारीमा सामान्य क्षति भएको छ । सुमो लिएर भाग्ने अशोक चौधरी पक्राउ परेका छन् ।
पक्राउ पर्दा उनी हाफपाइन्ट मात्रै लगाएको अर्धनग्न अवस्था र नसामा रहेको प्रहरीले बताएको छ ।
गाडीमै चाबी देखेपछि आफूले लिएर हिँडेको उनले बताएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार चौधरी पटके चोर हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।