नेप्से परिसूचक १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झर्‍यो
फाइल तस्वीर

बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीबार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ ।

बिहीबार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ५५ हजार कित्ता शेयर १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

बुधबारको भन्दा कारोबार रकम थोरै अंकले बढेको छ । बुधबार १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

नेप्सेका १३ उपसमूह मध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ । बाँकी अन्य समूहको परिसूचक घटेको छ । 

बिहीबार नेप्से ओरालो लागे पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य  सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अपर हेवाखोलाको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ । 



तर, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र गणपति लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ । आज नेपाल टेलिकमको १२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।



  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १६:३३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया