माओवादी कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा
फरकधार / १६ भदौ, २०७९

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन् ।



उनलाई संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार प्रमुख सचेतकको जिम्मेदवारी दिएका हुन् ।  

यसअघि प्रमुख सचेत बनेकी कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो । 



शाहभन्दा अगाडि ठम्मर विष्ट प्रमुख सचेतकको भूमिकामा थिए । उनी एमालेमा प्रवेश गरेपछि शाह चयन भएकी थिइन् । 



बिहीबार नियुक्त भएका शर्मा यसअघि सरकारको आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका व्यक्ति हुन् ।

  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १७:२६:९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया